सिरहा । थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ५ जना सिरहाका हुन् । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार भगवानपुर गाउँपालिका वडा नं ४ का चार जना पुरुष र नवराजपुर गाउँपालिकाका १ जनासमेत पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु भारतका विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले जानकारी दिएका छन् ।
कोरोना संक्रमित पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।