काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को प्रोटोकल अनुरुप घर फर्किनेहरुलाई सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा नगरिएको उल्लेख गरेका छन् । भारतले डब्लुएचओको प्रोटोकल पालना नगरी परीक्षणविना नै नेपालीलाई प्रवेश गर्न दिएको कुरा त प्रधानमन्त्रीले उल्लेख गरेका छन् । तर नेपाल प्रवेश गरेपछि सीमामा उनीहरुको परीक्षण गर्नुपर्ने दायित्व सरकारले पूरा गरेको छैन । परीक्षणविना नै उनीहरुलाई घर पठाउने कामले कोरोना महामारी फैलिएको छ । सीमामा एक दुई दिन क्वारेन्टिनमा राखेर क्रमशः पीसीआर परीक्षण गर्दै पठाएको भए कोरोना महामारी केही हदसम्म नियन्त्रण हुनेथियो ।
भारतबाट आएकालाई सीमाबाट खुरुखुरु पठाउने र गाउँमा हेलिकोप्टरमा स्वास्थ्य सामग्री लिएर परीक्षण गर्न जाने काम सरकारले गर्दैआएको छ । यसले एकातिर भारतबाट आएकाहरुले कोरोना समुदायमा फैलाइसकेका हुन्छन् भने अर्कोतिर आर्थिक ब्ययभार पनि बढी पर्न जान्छ । सीमामै ब्यवस्थित परीक्षण गरेको भए एकातिर समुदायमा फैलिन सक्दैनथ्यो भने अर्कोतिर गाउँ गाउँमा हेलिकोप्टर लिएर जाने खर्च बचत हुन्थ्यो । अहिले जति पनि कोरोना संक्रमित छन्, ती सबै भारतबाटै फर्र्किएकाहरु नै छन् ।
स्थानीय तहसँग समन्वय गर्दै पठाउने
भारतबाट आएकालाई सीमामा राखेर पीसीआर परीक्षण गर्दै सम्बन्धित स्थानीय तहसँग समन्वय गरी सरकारले पठाएको भए कोरोना संक्रमण गाउँ गाउँमा फैलिन सक्दैनथ्यो । हरेक स्थानीय तहले भारतबाट गएका आफ्नो गाउँ वा नगरपालिकाका बासिन्दालाई क्वारेन्टिन गर्थे । तर सरकारले विनापरीक्षण गाउँ गाउँ पठाउँदा कोरोना महामारी समुदायमा फैलिइसकेको छ ।
राजदूताबासले तथ्यांक लिंदै पठाउन किन सक्दैनन् ?
भारत बाहेकका देश विशेषगरी नेपाली कामदार जाने खाडी राष्ट्र यूएई, कतार, साउदीअरब, कुवेत, मलेसिया, बहराइन जस्ता देशबाट नेपाल फर्कन चाहनेहरुको तथ्यांक नेपाली दूताबासले लिनुपर्छ । र, जागिरबाट निकालिएका, अलपत्र परेकाहरुलाई प्राथमिकताक्रममा राखी नेपाल फर्काउन पहल गर्नुपर्छ । र, विमानस्थलबाट नेपालका कुन कुन स्थानीय तहका हुन्, त्यहीँ पुर्याएर क्वारेन्टिन गर्नुपर्ने हुन्छ । कुन कुन स्थानीय तहका हुन् भन्ने कुरा दूताबासले नै तथ्यांक लिएर उनीहरुलाई पठाउन सक्छन् । दूताबास कर्मचारीहरुले आपत् पर्दा यति काम पनि गर्न नसक्ने हो भने उनीहरुलाई प्रधानमन्त्रीले भनेजस्तै जिम्मेवारीबाट अलग गरी अर्को राजदूत पठाउनुपर्छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend