Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • कोरोनासँग जुध्न नसक्नेलाई जिम्मेवारीबाट अलग गर्ने, जुध्नेलाई पुरस्कृत गरिने


    सोमबार, जेष्ठ १२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोना महामारी फैलिदो अवस्थामा रहेको प्रष्ट पार्दै यसको नियन्त्रणका लागि सरकारले सबै उपाय अबलम्बन गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोना महामारी रोक्न असहयोग गर्ने सरकारी निकायका नेतृत्वकर्ताहरुलाई तत्कालै जिम्मेवारीबाट अलग गर्ने संकेत सम्बोधनमा गरिएको छ ।
    प्रधानमन्त्री ओलीको सम्बोधनमा उल्लेख छ–‘महामारी अहिले फैलिँदो अवस्थामा छ । यस महामारीसँग जुध्न सबै सरकारी निकायहरु चुस्त र प्रभावकारी हुनै पर्दछ । समयको चुनौती सामना गर्न नसक्ने कुनै पनि संरचनाको नेतृत्वको तत्काल पुनव्र्यवस्था गरिने छ । राष्ट्रिय संकटको यस घडीमा खेलेको भूमिकालाई नै सम्बन्धित व्यक्तिको मूल्याङ्कनको मुख्य आधार बनाउँदै दण्ड र पुरस्कारको व्यवस्था गरिने छ ।’

    कोरोना महामारीका बिरुद्ध जुध्न नसक्ने सरकारी कार्यालयका कार्यालय प्रमुख वा विभागीय प्रमुखहरुले चुस्त दुरुस्त रुपमा काम नगरेमा उनीहरुको तत्कालै पुनब्र्यस्थापन गर्ने भनेको जिम्मेवारीबाट अलग गर्ने नै हो । यो प्रष्ट शब्दमा सम्बोधनमा प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

    प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ–प्रत्येक स्थानीय तहलाई कोभिड–१९ सँग जुध्न सक्नेगरी स्वास्थ्य सुरक्षा, स्वास्थ्य सेवा, आधारभूत वस्तुहरुको आपूर्ति र शान्ति सुव्यवस्था कायम गर्नसक्ने तुल्याउन संघ र प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी बनाइने छ । खासगरी क्वारेन्टिनको प्रबन्ध, राहत वितरण, आपूर्ति प्रणालीको व्यवस्थापन र अनुगमनमा स्थानीय तहलाई सक्षम पार्नेगरी साझेदारी अघि बढाइनेछ । क्वारेन्टिनको संख्या बढाउने र त्यसको स्तरमा पुनरावलोकन गरी व्यापक सुधार गरिनेछ । 

    आवश्यकताअनुसार बन्द अवस्थामा रहेका होटल तथा उपयुक्त सार्वजनिक संरचनाहरुलाई समेत क्वारेन्टिनको रुपमा प्रयोग गर्ने बारेमा समेत योजना बनाइएको छ । केन्द्रीय योजना र स्थानीय तहको व्यवस्थापनमा संक्रमित नागरिकको स्वास्थ्योपचार र क्वारेन्टिनमा राखिएका व्यक्तिहरुको खानपान तथा हेरचाह व्यवस्थित गरिने छ ।

    –महामारी विस्तार भएको ठाउँलाई सील गरी त्यहाँ ‘युद्धस्तर’मा परीक्षण तथा नियन्त्रणको कार्यलाई अघि बढाइने छ ।
    कोरोना महामारी विरुद्ध एकीकृत ‘कमाण्ड’ एवं केन्द्रीय योजनालाई थप प्रभावकारी बनाइने छ । संघ, प्रदेश र स्थानीय तहबीच कोरोना संक्रमण, रोकथाम र नियन्त्रणका क्षेत्रमा जिवन्त सूचना संवाद तथा प्रभावकारी समन्वयका लागि तीनवटै तहमा सम्पर्क व्यक्ति वा निकाय तोकी विद्यमान संस्थागत व्यवस्थालाई अझ चुस्त तुल्याइनेछ । फैलिँदो महामारीप्रति चासो राख्ने र यस महामारी विरुद्धको लडाईँमा कुनै न कुनै रुपमा संलग्न विभिन्न पक्षलाई समेत समेटेर एउटा परामर्शदातृ संयन्त्र छिट्टै घोषणा गरिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार