Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निरोगी नेपाल निर्माण गर्न प्रधानमन्त्री ओलीको अपील


    सोमबार, जेष्ठ १२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • कामाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट जनतालाई मुक्त गर्नु, यसबाट सृजित संकटबाट मुलुकको अर्थतन्त्रलाई रक्षा गर्नु र रोग तथा भोकबाट जनतालाई जोगाउने कामलाई सरकारले प्रमुख दायित्व ठानेको बताएका छन् । राष्ट्रका नाममा आज केहीबेर अघि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

    एक महिनाअघि आफूले आगामी साताहरु चुनौतीपूर्ण रहने बताएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने–फागुन ३ देखि चैत ३० गतेसम्म संक्रमितको संख्या धेरै अंकमा बढेन । विश्व स्वास्थ्य संगठनले अति जोखिमको सूचीबाट जोखिमको तहमा प्रगति भएको देखायो । नयाँबर्षको सुरुदेखि महामारी विस्तार हुन थालेको छ । यतिबेला स्रंक्रमितहरुको संख्या ६ सय नाघेको छ । आसन्न जोखिमले हामीलाई थप सजग हुन, उच्च योजनाका साथ महामारी नियन्त्रण गर्न र राज्यका सबै अंगलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्ने माग गरेको छ । यस महामारीलाई नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमल जस्तो देखिएता पनि हालसम्म आइपुग्दा हामीले लिएका कदमहरु सही नै देखिएका छन् । लकडाउनले जीवनलाई असहज त बनामएको छ, यसले सामाजिक दूरी कायम गर्न, केशहरु पहिचान गर्न, आइसोलेसनमा राख्न र सम्पर्कित ब्यक्ति पत्ता लगाउन मद्दत गरेको छ ।

    सम्बोधनका क्रममा उनले भनेका छन्, समयमा गरिएको लकडाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु बन्द गर्ने निर्णय र समयमै तय गरिएको अस्पताल सेवा संचालन कार्यविधिको तर्जुमा र कार्यान्वयनले महामारीबाट हुनसक्ने डरलाग्दो क्षतिलाई जोगाएको छ । यसबीचमा २ महिनाको शिशुदेखि ८१ बर्षीय बृद्धसम्मलाई निको पार्नसक्नुलाई उपलब्धीका रुपमा लिइएको छ । दक्षिण एसियाका कतिपय मुलुकको तुलनामा नेपालमा महामारी नियन्त्रणको उपाय प्रभावकारी छ । तर ढुक्क भएर बस्ने स्थितिमा हामी छैनौं, कोरोना बिरुद्धको हाम्रो लडाई निकै चुनौतीपूर्ण र लामो छ । यसबीचमा स्वास्थ्य सामग्री खरिदमा देखिएको समस्या हल भएको छ ।

    प्रधानमन्त्री ओलीले अगाडि भने, एकमात्र प्रयोगशालाबाट सुरु भएको कोभिड –१९ को परीक्षणलाई सातै प्रदेशसम्म २० भन्दा बढी प्रयोगशालाबाट परीक्षण हुन थालेको छ । परक्षणको दायरालाई विस्तार गर्ने, किट तथा औषधिको प्रबन्ध दू्रुत गतिमा गरिएको छ । यसलाई अझ उन्नत बनाइनेछ । विज्ञहरुले दिएको सल्ला बमोजिम कम्तीमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा छौं । प्रत्येक स्थानीय तहलाई कोभिड–१९ सँग जुध्न सक्नेगरी आधारभूत आवश्यकता पूरा गर्नसक्ने बनाइनेछ । संघ र प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी बनाइनेछ । स्थानीय तहलाई सक्षम बनाइनेछ । क्वारेन्टिनको संख्या बढाइनेछ । क्वारेन्टाइनमा राखिएकाहरुको खानपान तथा हेरचाह गरिनेछ । आवश्यकता अनुसार बन्द रहेका होटल र सार्वजनिक संरचनालाई पनि क्वारेन्टाइनका रुपमा प्रयोग गर्नेबारेमा योजना बनाइएको छ ।

    महामारी विस्तार भएको ठाउँलाई सिल गरी त्यहाँ उच्चस्तरमा परीक्षण गर्ने कार्यलाई अगाडि बढाइनेछ । महामारी फैलिने क्रममा छ । यसलाई नियन्त्रण गर्न सबै सरकारी संयन्त्र चुस्त र प्रभावकारी बनाइनेछ । समयको चुनौती सामना गर्न नसक्ने निकायको नेतृत्व पुनब्र्यवस्था गरिनेछ । स्थगित एसईई परीक्षा संचालनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउनेछ । सामाजिक दूरी कायम गर्दै कृषिजन्य उत्पादन गर्न दिइने छ । कोरोना महामारीबाट उत्पन्न हुने गरिबी न्यूनीकरण गर्न कृषि उत्पादनमा जोड दिइनेछ ।

    विदेशमा समस्यामा रहेका नेपालीलाई नेपाल फर्काउन पहल गर्ने कुरा सम्बोधनका क्रममा उनले ब्यक्त गरेका छन् । 

    नेपालीहरुको मनोबल उच्च छ । निरोगी नेपाल नेपालका लागि आहार बिहारमा ध्यान दिन, लकडाउनको फुर्सदलाई स्वस्थ रहन ब्यायाम गर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् विदेशमा समस्यामा रहेका नेपालीलाई नेपाल फर्काउन पहल गर्ने कुरा सम्बोधनका क्रममा उनले ब्यक्त गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार