Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज देखिएका ७२ कोरोना संक्रमितमा रौतहटका २६ र बाराका २१


    सोमबार, जेष्ठ १२ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौैं । नेपालमा कोरोना संक्रमितको संख्या जेठ लागेपछि दैनिक सरदर ३६ जनाका दरले बृद्धि भएको छ । २०७७ बैशाख ३१ सम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ मात्र थियो । तर जेठ १२ सम्म आइपुग्दा संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । जेठपछि भारतबाट आउनेको संख्या ह्वात्तै बढेपछि कोरोना संक्रमितको संख्या पनि दैनिक ३६ का दरले बृद्धि भएको छ । यो जेठ १२ गते बिहान ११ बजेसम्मको तथ्यांक हो ।

    सोमबार पुष्टि भएका ७२ संक्रमितमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूको पीसीआर रिपोर्टअनुसार रौतहटको राजपुर फरहदवा र इशनाथ नगरपालिकाका मात्रै २६ पुरुष छन् । हेटौंडाको कीटजन्य रोग अनुसन्धानमा गरिएको परीक्षणमा बारा महागढीमाई नगरपालिकाका २१ जनामा संक्रमण देखिएको छ । संक्रमित सबै पुरुष छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार