काठमाडौं । सरकारले राहत बितरण गरेको फोटो वा भिडियो सामाजिक संजालमा पोष्ट नगर्न दिएको निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदच्यूत भएका लोकमानसिंह कार्कीले उल्लंघन गरेका छन् । कार्कीले उनका पिता भूपालमानसिंह कार्की प्रतिष्ठानबाट राहत बितरण गरेको तस्वीरमात्र होइन, भिडियो नै सामाजिक संजालबाट सार्वजनिक गरेका छन् ।
कोटेश्वरको हिमालय कलेजमा शनिबार प्रतिष्ठानले १ सय १३ जनालाई राहत बितरण गरेको तस्वीर र भिडियो खिचेर गरिबीको मजाक उडाउने काम कार्कीले गरेका छन् । जबकि राहत बितरणको फोटो वा भिडियो सामाजिक संजालमा हारेर गरिबीको मजाक उडाउने कार्यको सामाजिक संजालमा चर्को बिरोध भएपछि पछिल्ला दिनमा त्यो क्रम हटेको छ ।
स्थानीय तहका जनप्रतिनिधिले समेत राहत बितरणको तस्वीर वा भिडियो सामाजिक संजालमा पोष्ट नगर्न सचेत गराउँदैआएका छन् । तर लोकमानसिंह कार्कीले हिमालय कलेजमा आफ्ना बाबुको नाममा स्थापित प्रतिष्ठानबाट राहत बितरण गरेको फोटोमात्र होइन, भिडियो नै युट्युवमा हालेका छन् । जहाँ आधा बोरा चामलका लागि घन्टौं लाइन लाएर राखी भाषण गरिएको छ ।
लोकसेवा आयोगको परीक्षामा भाग नै नलिई जस्केलाबाट राजपरिषदमा कर्मचारी नियुक्त भएका लोकमानसिंहले राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदै अर्थमन्त्रालय, ऊर्जा मन्त्रालयको सहसचिव, सचिव, मुख्यसचिवसम्म भएर यो देशमा गर्नुसम्म भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेका थिए । पछि उनी अख्तियारको प्रमुख आयुक्त भएपछि प्रहरीदेखि निजामती कर्मचारीलाई तर्साउनेदेखि एनसेलको लाभकर असुली नगरी उद्योग विभागबाट सेयर खरिद बिक्री(एसपीए) गर्न दबाब थिए । तत्कालीन उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपाने (हाल गृहसचिव)ले एसपीए गर्न नमान्दा १३ पन्ने विबरण भराउने काम गरी तनाव दिएर गराएका थिए ।
सरकारी स्वामित्वको टेलिकमलाई धरासायी बनाउन एनसेललाई भित्र्याउनेदेखि लाभकर असुली नगरी सेयर खरिद बिक्री गराउने मूख्य भुमिका लोकमानकै थियो भने उनका विश्वासपात्र तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको भूमिका सहायक थियो । एनसेल एक प्रतिनिधि घटना हो, यस्ता धेरै अरबौं अरबका काण्डमा लोकमानसिंह कार्की जोडिने गरेका छन् । झोलामा खोला राख्नेदेखि सुन, सुपारी कति हो कति काण्डमा लोकमान जोडिएका छन् । अख्तियारबाट पदच्यूत भएपछि क्यानडामा भूमिगत भई करिब ३ बर्ष गुमनाम भएका लोकमानसिंह कार्की एकाएक २०७७ बैशाख ३० गते सामाजिक संजालमा लामो भूमिका लेखेर सार्वजनिक भएका थिए । त्यही क्रममा उनले राहत बितरण गर्ने कुरा उल्लेख गरेका थिए ।
हेर्नुहोस् भिडियोः
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend