Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वको तेस्रो धनी फेसबुकका सीईओ मार्क जुकरबर्ग


    सोमबार, जेष्ठ १२ २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्ग अमेरिकी अर्बपति लगानीकर्ता वारेन बफेट र फेसन ब्रान्ड लुइ भुँट्टोका अध्यक्ष तथा सीईओ बर्नार्ड आर्नोभन्दा पनि धनी भएका छन् । 

    अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्गको ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्स अनुसार जुकरबर्गको नेटवर्थ ८७ अर्ब ८० करोड डलर रहेको छ । योसँगै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । 

    सूचकअनुसार आर्नोको नेटवर्थ ८९ अर्ब ६० करोड डलर छ भने बफेटको नेटवर्थ ६८ अर्ब ९० करोड डलर छ । एक महीना अघि बफेट र आर्नो दुवै सूचकांकमा जुकरबर्गभन्दा माथि थिए । ब्लुम्बर्गका अनुसार अप्रिल २० मा जुकरबर्गको नेटवर्थ ६८ अर्ब १० करोड थियो । 

    बफेटको र आर्नोको भने क्रमशः ७४ अर्ब ३० करोड डलर र ८० अर्ब २० करोड डलर थियो । सूचकाङकमा अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका सीईओ जेफ बेजोस र माइक्रोसफ्टका संस्थापक बिल गेट्स क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । सूचकांकअनुसार जेफ बेजोसको नेटवर्थ मे २१ मा १ खर्ब ४७ अर्ब डलर छ । 

    गेट्सको नेटवर्थ भने १ खर्ब ८ अर्ब डलर छ । पहिलो त्रैमासमा फेसबुकले अपेक्षा गरिएभन्दा उच्च मुनाफा कमाएको र प्रयोगकर्ता समेत बढेको तथ्यांक अप्रिल २९ मा सार्वजनिक भएपछि जुकरबर्गको सम्पत्ति बढेको हो । 

    तर बेजोस र गेट्सको तुलनामा भने जुकरबर्गको सम्पत्ति निकै कम छ । एक महीना अघि बेजोसको नेटवर्थ जुकरबर्गकोभन्दा करीब दोब्बर थियो । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार