Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कपनकी संक्रमितको सम्पर्कमा आएका ८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ


    आइतबार, जेष्ठ ११ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । बुढानीलकण्ठ १२ कपन तेन्जिङ चोककी कोरोना संक्रमितको सम्पर्कमा आएका ८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिङ चोकमा १८ वर्षीया एक युवतीमा कोरोना संक्रमण देखिएसंगै उनको सम्पर्कमा आएका ८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

    ती युवती संगै सर्लाही रामनगर ४ बाट आएका र काठमाडौंमा उनको सम्पर्कमा रहेका ८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

    बुढानीलकण्ठ नगरपालिकामा पहिलो कोरोना संक्रमण भएसँगै त्रसित बनेको तेन्जिङ चोक क्षेत्रमा पुगेर नेगेटिभ नतिजाको रिपोर्ट स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले हस्तान्तरण गरेका थिए ।

    संक्रमित किशोरी सर्लाहीको रामनगरबाट पास भएको मोटरसाइकलमा काठमाडौं आएकी थिइन् । उनी अध्ययनरत कलेजले अनलाइन कक्षा संचालन गर्ने भनेपछि उनी लुकिछिपी मोटरसाइकलमा काठमाडौं आएकी थिइन् । सरकारले लकडाउन घोषणा गरेपछि उनी घर गएकी थिइन् । अनलाइन कक्षा संचालन गर्ने भनेपछि उनी काठमाडौं आएकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार