नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई नक्सा दिंदै मन्त्री पदमा अर्याल र सचिव केदार न्यौपाने
काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीको नक्सा जारी गरेपछि त्यसको चौतर्फी स्वागत भयो । भारतले एकतर्फी रुपमा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीको नक्सा गएको कात्तिकमा जारी गर्यो । त्यतिलेमात्र नपुगी लिम्पियाधुराबाट मानसरोबर जाने सडक नै निर्माण गरी कोरोना भाइरसको महामारीका बेलामा उदघाटन गर्ने काम गर्यो ।
नेपालको भूमिमा सडक नै निर्माण गरी उदघाटन गरेपछि सरकारले पनि आफ्नो भूभागको नक्सा जारी गर्यो । जुन नक्सा सार्वजनिक गर्ने कामले केपी ओली सरकारको उचाई बढाउने काम गरेको छ । राष्ट्रियताको पक्षमा सरकारले देखाएको अडानको सर्बत्र प्रशंसा भएको छ । तर ओली सरकारकै भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्यालले घर घरमा नक्सा पुर्याउन लगी सरकारलाई बदनाम गराउने काम गरेकी छन् । राष्ट्रपति, उपराष्ट्रपतिसम्मलाई नक्सा दिनुलाई स्वभाविक मानिए पनि हरेक नेताको घर घरमा कामै नभएजस्तो सचिव र महानिर्देशकलाई पछि लगाएर लावालस्कर लिएर जाने कामले सरकारकै बदनामी भएको छ ।
कोरोना महामारीका बेला उनी लकडाउन उल्लंघन गर्र्दै नक्सा पुर्याउन नेताका घर घरमा द्यौसी खेल्न जाने कामको सामाजिक संजालमा चर्को आलोचना भएको छ । कुनै नेतालाई नक्सा चाहिए सचिवालयका पीए बुद्धि जीसीहरुमार्फत् पठाउन सक्थिन् । तर काम गर्ने कति पनि ढंग नभएकी मन्त्री अर्यालले नक्सा पुर्याउन आफैं घर घरमा जाने र पत्रकारहरुलाई बोलाएर मिडियामा छाउन खोज्दा विवादमा परेकी छन् ।
नक्सा सार्वजनिक भइसकेपछि नेताको घरदैलो गरी नक्सा दिएको फोटो भाइरल बनाउनुसाटो सार्थक कूटनीतिको माध्यमबाट अतिक्रमित भूमि नेपालको बनाउनतर्फ गम्भीर हुनुपर्ने हो । तर उनले त्यही नक्सा नेताका घर घरमा पुर्याएर चाकरीको भद्दा नमूना पेश गरेकी छन् । चाकरी बजाउन घर घरमा नक्सा पुर्याउने ार्यले सम्बन्धित नेताहरु नै लज्जित हुने परिस्थिति निर्माण मन्त्री अर्यालले सृजना गरिन् । मन्त्री अर्यालले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतका निवास र घरमा नक्सा पुर्याउन गएकी थिइन् ।
मन्त्रीको यस्तो सस्तो लोकप्रियता हासिल गर्ने कार्यको सामाजिक संजालमा बिरोध भइरहेको छ । राप्रपाका अध्यक्ष कमल थापादेखि पत्रकारहरुले समेत बिरोध गरेका छन् । थापाले लिपुलेक र कालापानी समावेश भएको नक्सा नेताहरुको घरघरमा र्पुयाउँदै हिँड्ने ‘सस्तो लोकप्रियतावादी’ काम छोडन आग्रह गरेका छन् ।
पत्रकारहरु भुवन शर्मा, चिरन्जीवी पौडेल,अनिल गिरीसम्मले मन्त्री पदकै गरिमा कायम राख्न नसकी घर घरमा धाएकोमा सामाजिक संजालमा आलोचना गरेका छन् । पत्रकार भुवन शर्माले लेखेका छन्–‘घर घरमै गई नेताहरुलाई नक्सा बुझाउनु भन्दा सोझै भारतीय दूतावासलाई एक थान नक्सा बुझाएको भए हु्न्थ्यो कि ?’
यसअघि मन्त्री अर्याल ऋषि धमलाको एनआरएन रेडियोमा बोल्दा लिम्पियाधुरा नेपालको नक्सामा नभएको भनेपछि विवादमा परेकी थिइन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend