Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जन्मभूमिमाथिको थिचोमिचो हामीलाई सैह्य हुनेछैनः तैयव शाह


    आइतबार, जेष्ठ ११ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कलाकार तैयव शाहले सबै नेपालीमा इदको शुभकामना दिंदै नेपाल आमाको रक्षाका लागि सबै नेपालीले सहयात्रा गर्नुपर्ने कुरा उल्लेख गरेका छन् । नेपाल कहिल्यै कसैको अधिनमा नबसेको प्रसंग उल्लेख गर्दै उनले लेखेका छन्–‘देश अहिले अति नै कठिन परिस्थितिसँग गुज्रिरहेको कुरा त हामी समस्त नेपालीमा सर्वविवितै छ । हामी कोभिड–१९ को कारण लकडाउनमा बसेको पनि अब दुई महिना भइसक्यो ।

    यस्तो परिस्थितिमा हाम्रो एक महिने लामो रमजान सकिएर इद पनि आएको छ । इद हाम्रो प्रमुख चाड हो । यो चाड हामीले मस्जिदमा जम्मा भई एक आपसमा शुभकामना आदान प्रदान गर्नसक्ने वातावरण नभएका कारण सदाझैं रमजान र इद हर्षोल्लासमय र तामझामका साथ मनाउन नसके पनि हामीले आ–आफ्नो घरमा नै रहेर स्वच्छ मन र पवित्र हृदयले ब्रत बसी आफू र आफ्नो देशका लागि प्रार्थना गरौं । देशमा एकपछि अर्को गर्दै समस्याहरू थपिदै आएका छन् । कोभिड–१९ को समस्या निर्मूल हुन नपाउँदै सिमानाको विवादले हामीलाई दुःखी बनाएको छ । हामी नेपाली परापूर्वकालदेखि नै अर्काको अधिनमा बसेको इतिहासमा कोरिएको छैन र कोर्न पनि दिनुहुँदैन ।

    हामी हाम्रो मातृभूमिप्रति सदैव स्वाभिमानी छौ । फलस्वरूप अरू देशले जस्तो हामीले स्वतन्त्रता दिवस मनाउनु परेको छैन किनकि हामी सधैं स्वतन्त्र छौं । नेपाल आमाको रक्षाका लागि हामी सम्पूर्ण नेपालीले एकसाथ सहयात्रा गर्नुपर्छ । सरकारका नराम्रा कामलाई खबरदारी गर्नुका साथसाथै राम्रा र स्वागतयोग्य कामलाई प्रसंशा गरी हातेमालो गर्दै अघि बढ्नुपर्छ । हामीले जात, धर्म र लैङ्गिक कुराहरू झिकेर अनायासै हाम्रो भाइचारामा खलल ल्याउनु पनि हुँदैन ।

    हामी हिन्दू, मुस्लिम, बुद्धिष्ट, इसाई भन्दा पनि पहिले एक सच्चा नेपाली हुन जरूरी छ । पुरानो शब्दमा ‘चार बर्ण छत्तीस जातको साझा फुलबारी’ र नयाँ शब्दमा ‘सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ भन्ने कुरालाई हामीले शिरोपर गर्न सक्यांै भने मात्र देशमा शान्ति र अमन चयन कायम रहिरहनेछ । कुनै पनि बाह्य शक्तिले हस्तक्षेप गर्न सक्नेछैनन् भन्ने मेरो बुझाइ हो । फेरि एक पटक इदको शुभकामना दिंदै हाम्रो सिमानामा मिचिएको जमिन हामीलाई फिर्ता होस् । यसका लागि हामी छिमेकीसँग कुनै पनि प्रकारको जङ्ग लड्नु नपरोस्, हामीलाई अनाहकमा यसरी हाम्रो जन्मभूमिमाथिको थिचोमिचो सह्य हुनेछैन भन्दै हामी नेपालीको रगत रातो मात्र हैन तातो पनि छ भन्ने कुरा अगवत गराउँदै अन्त्यमा कोभिड–१९ का कारण देश तथा बिदेशमा ज्यान गुमाउनु हुने सम्पूर्णलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

    अन्तमा, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार