निरु पोखरेल सापकोटा र मेनुका भण्डारी
भक्तपुर । कोरोना भाइरस संक्रमण(कोभिड–१९)मा काठमाडौं उपत्यकामा भाडामा बस्नेहरु सबैभन्दा ठूलो चपेटामा परेका छन् । सरकारले काठमाडौंका घरबेटीहरुलाई एक महिनाको भाडा छुट दिन आग्रह गरे पनि १० प्रतिशतले पनि त्यो अनुरोध पालना गरेनन् । महामारीमा मानवता देखाउन सकेनन् । तर महामारीमा भाडाछुट दिएर महानता देखाउनेहरु पनि छन् ।
यस्तै मध्येकी हुन्–मध्यपुर ठिमी नगरपालिका कमेरेटारकी घरबेटी निरु पोखरेल सापकोटा । पोखरेलकै छिमेकी मेनुका भण्डारीले पनि एक महिनाको घरभाडा नलिने निर्णय गरेकी छन् ।
निरुको घरमा २ फ्ल्याटमा २ परिवार बस्छन् । एक तल्लाको मासिक १० हजारका दरले भाडामा दिएकी उनले चैत महिनाको भाडा छुट दिएकी छन् । मेनुकाले एक तला भाडामा दिएकी छन् । उनले पनि मासिक १० हजार रुपैयाँ लिने गरेकोमा चैतको भाडा छुट दिएकी छन् ।