काठमाडौं । महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की मृत फेला परेका छन् । आज बिहानै उनी मृत अवस्थामा फेलापरेका हुन् । उनले आफैंले कन्चटमा गोली हानी आत्महत्या गरेको बताइएको छ ।
उनले किन आत्महत्या गरे भन्ने खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।