Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डिल्लीबजार कारागारमा नाइकेको बिषयलाई लिएर झडप


    आइतबार, जेष्ठ ११ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जेलभित्र नाइके र भाइनाइकेको बिषयलाई लिएर विवाद हुने गरेको त सुनिएको थियो, तर आज बिहानै सिंहदरबारबाट मुस्किलले ३ सय मिटर नजिक रहेको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप नै भएको छ ।

    कारागारमा झडप भएपछि अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । चौकीदार परिवर्तन गर्ने विषयमा झडप भएको स्रोतले जानकारी दिएको छ ।

    काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने क्यान्टिनमा बाँकीमा सामान दिन छाडेपछि सामान्य समस्यामात्र सिर्जना भएको दाबी गरेका छन् ।

    जेलभित्र नाइके र भाइनाइके हुन जेल प्रशासनका अधिकारी र प्रहरीसँग पनि सेटिङ मिलाइएको हुन्छ । गुण्डानाइकेदेखि मिटरब्याजी र नेतासमेत राखिने डिल्लीबजार कारागारमा त झन् नाइके हुनका लागि ठूलो चलखेल हुने गरेकोछ ।

    जेलभित्र नाइकेकै आदेश चल्ने भएकाले उसले त्यहाँ ब्यापार गरी अकूत कमाउँछ । नाइके र भाइनाइके भएकाहरु कैदीजीवन सकिएपछि पनि त्यहीँ बस्न पाए हुन्थ्यो भन्ने कामना गर्दछन् भन्ने भनाइ पनि प्रचलित छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार