Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अब नेपालको वास्तविक क्षेत्रफल कति ?


    आइतबार, जेष्ठ ११ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, ११ जेठ ।सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन । नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ। सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न प्रचार भइरहेको छ।

    सरकारले जारी गरेका नक्साका आधारमा प्राविधिकले एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि हुने बताइरहेका छन् । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकारको आधिकारिक फेसबुकमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा र क्षेत्रफल एक लाख ४७ हजार ५१६ वर्ग्किमि उल्लेख छ ।

    गुगलको वेबसाइटमा ‘जीओग्राफी अफ नेपाल’ मा १ लाख ४७ हजार ५१६ वर्गकिमि क्षेत्रफल उल्लेख गरिएको छ । यसका आधारमा पहिलाको भन्दा तीन सय ३५ वर्ग्किमि क्षेत्र बढेको देखिन्छ । नयाँ नक्सा नबन्दासम्म नेपालको क्षेत्र एक लाख ४७ हजार एक सय ८१ थियो ।

    नापी विभागका पूर्वमहानिर्देशक एवं सीमा प्राविधिक सुरेशमान श्रेष्ठका अनुसार नापीले पहिलो प्रकाशन गरेको १ः १०,००,००० मान नापको डिजिटल डाटा र हाल अद्यावधिक गरिएको क्षेत्रसमेत समावेश गरी क्षेत्रफल गणना गर्दा नेपालको क्षेत्रफल करिब एक लाख ४७ हजार नौ सय ५० वर्ग्किमि देखिन्छ । जुन हालको क्षेत्रफलभन्दा ७ सात सय ६९ वर्ग्किमि बढी हुन्छ ।

    सीमा बचाऊ अभियानले सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि  हुने बताएको छ । आजको अन्नपूर्णपोस्टबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार