Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ९ जना कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ७९


    शनिबार, जेष्ठ १० २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, १० जेठ । कोरोना भाइरस (कोभिड) -१९ संक्रमणको पुष्टि भएपछि वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत नौ जना आज  डिस्चार्ज भएका छन् ।

    एक भारतीय नागरिकसहित पर्साका चार जना, बाराका दुई जना र रौतहटका तीन जना गरी नौ जना संक्रमितको पछिल्ला दुई पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालले जानकारी दिएको छ । 

    डिस्चार्ज हुने सबै ९ जना नै पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७९ जना पुगेको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार