काठमाडौं, १० जेठ। आज कोरोना संक्रमण पुष्टि भएका ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा उपचाररत व्यक्ति रहेको पाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । उनले संक्रमित व्यक्तिलाई टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको पनि बताए ।
संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका लागि इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिइसकेको मन्त्रालय स्रोतले जानकारी दियो । बिरामीमा कोरोना संक्रमण देखिएपछि ग्राण्डी अस्पताल शिल गर्ने तयारी गरिएको जनाइएको छ ।