Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रहिनन् सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश


    शनिबार, जेष्ठ १० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं,१० जेठ । सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधिश सुशीला सिंह को निधन भएको छ । काठमाडौंको पकनाजोल निवासी सिंहको ८१ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा हिजो (शुक्रबार) निधन भएको हो ।

    उनी २०५८ साल वैशाखदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन्। उनी महिलातर्फ पहिलो न्यायाधीश, वरिष्ठ अधिवक्ता र सर्वोच्च बारको संस्थापक उपाध्यक्ष पनि भएकी थिइन् ।

    उनी राष्ट्रिय मानवअधिकार आयोगको सदस्य पनि भइन्। उनले महिलाहरुको कानुनी सहायता परियोजनामा पनि उल्लेखनीय योगदान पुर्‍याइन् ।

    सुशीलाका श्रीमान इतिहासका ज्ञाता मानिकलाल श्रेष्ठ हुन् । उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् । आजै साँझ सिंहका छोरा काठमाडौं आउने र सिंहको अन्त्येष्टि गर्ने तयारी भइरहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार