मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य र भुवन केसी
काठमाडौं । भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर सडक बनाएको बिषयमा देशमा चौतर्फी बिरोध भएको छ । सबै पेशा र ब्यवसायमा स्थापित ब्यक्तिहरुले भारतले सीमा मिचेर सडक बनाएको बिषयमा बिरोध गरेका छन् । महानायक राजेश हमाल, कलाकार मनोज गजुरेल, सीताराम कट्टेल धुर्मु र दीपकराज गिरी लगायत धेरैले सीमा मिचिएकोमा बिरोध गरेका छन् ।
नेपाल सरकारले लिम्पियाधुरासहित समेटेर नक्सा जारी गरेको बिषयमा उनीहरुले गौरवबोध गर्दै स्वागत गरेका छन् । तर, जनआन्दोलन २०६२–०६३ मा आन्दोलनकारीको उपचारका लागि कोष खडा गर्नेदेखि भूकम्पमा परेकाहरुको उद्दार र राहतमा सक्रियतापूर्वक अगाडि देखिएका महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य) सीमा मिचिंदा मौन देखिएका छन् । भारतले नेपाली भूमि लिम्पियाधुरा कालापानीमा मानसरोबर जाने सडक बनाएर उदघाटन गरेको १५ दिन बितिसक्दा पनि महजोडी अलप छन् । उनीहरुको मुखबाट सीमा मिचिएको बिषयमा एक शब्द कसैले सुनेका छैनन् । र, नेपाल सरकारले नक्सा जारी गरेको बिषयमा उनीहरुको धारणा पनि सुनिएको छैन ।

राजेश हमाल, दीपकराज गिरी र सीताराम कट्टेल ‘धुर्मुस’
महजोडी नेपाली कलाकारितामा सबैले आदर गर्ने पात्र हुन् । तर देशको सीमा मिचिंदा उनीहरुको मौनता रहस्यमय मानिएको छ । सदाबहार नायक भुवन केसी पनि सीमा मिचिंदा चुप छन् । अहिलेका चल्तीका नायिकाकाहरु प्रियंका कार्की, बर्षा राउत, झरना थापालगायतले पनि सीमा मिचिएको बारेमा एक शब्द पनि बोल्न आवश्यक ठानेका छैनन् ।
त्यस्तै डा. बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति पार्टीमा नेता भएर पछिल्ला दिनमा गुमनाम भएकी नायिका करिस्मा मानन्धर पनि सीमा मिचिंदा चुपचाप छिन् । भारतीय चलचित्रमा काम गरी स्थापित भएकी मनीषा कोइरालाले सीमा मिचिएको बिषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको ट्वीटमा गरेको मेन्सनका कारण सारा भारतीय मिडिया उनका बिरुद्ध बिषबमन गरिरहेका छन् । तर नेपालका नायिकाहरु आफ्नै देशको सीमा मिचिंदा एक शब्द पनि बोल्न आवश्यक ठानिरहेका छैनन् । मनीषा कोइरालाले जुन देशभक्ति देखाइन्, त्यसले सारा नेपालीको मन जितेको छ । तर हाम्रा नायिकाहरु कहाँ छन् ? जुन देशले कलाकार भनेर सम्मान गरेको छ, त्यो देशप्रति उनीहरुको कुनै दायित्व हुँदैन ?
गायक राजेशपायल राई, कलाकार सन्तोष पन्त, गायक सत्यस्वरुप आचार्य लगायतका कलाकार पनि मौन छन् । नयाँपुस्ताका नायकहरु सौगात मल्ल, पल शाह, दयाहाङ राई, अनमोल केसी पनि आफ्नो देशको सीमा मिचिदा एक शब्द नबोली चुप छन् । कलाकार देशका गहना हुन् भन्ने गरिन्छ । तर राष्ट्रको सीमा मिचिंदा उनीहरु किन मौन छन् ?
त्यसो त, देशको सीमा मिचिंदा त्यसको सशक्त बिरोध गर्नेमा राजेश हमाल र मैदानमै उत्रिनेमा नायक नवल खड्का देखिएका छन् । त्यसो त नायक खड्का कलाकारितामा राष्ट्रियताको पक्षमा अभिनय गर्नेदेखि खरो धारणा राख्ने कलाकारका रुपमा चिनिंदैआएका छन् । उनी पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्म नेपाली भूमि हो, त्यो फिर्ता हुनुपर्छ भन्ने अभियानमा पनि आवद्ध छन् ।
सीमा मिचिंदा विश्वको कुनाकाप्चाका नेपालीको मन दुखको छ । उनीहरुले सामाजिक संजालमा भारतीय हेपाहा नीतिको बिरोध गरेका छन् । तर नायक सरोज खनाल भने चुपचाप देखिएका छन् । लामो समय अमेरिकामा बसी केही बर्षअघि नेपाल फर्किएका सरोज खनाल कोरोना संक्रमणपछि पुनः उतै गएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend