Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरकी कोरोेना संक्रमित महिला स्थानीय जनप्रतिनिधि


    शनिबार, जेष्ठ १० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भक्तपुर, १० जेठ । हिजो (शुक्रबार) कोरोेना संक्रमित भएकामध्येकी एक महिला भक्तपुर नगरपालिका- ९ की वडा सदस्य भएको खुलेको छ ।

    जनप्रतिनिधि भएका कारण उनी लकडाउनले समस्यामा परेकाहरुलाई राहत वितरणलगायतका काममा सक्रिय रहेको पाइएको छ । त्यसै क्रममा उनमा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज बिहानबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने र उनको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्नेलगायतका काम गरिने जानकारी दिएकी छिन् ।पाण्डेले भनिन्, ‘शुरुमा म घरमै बस्छु भन्नु भएको थियो तर, सबैको सल्लाहअनुसार पाटन अस्पताल लगिएको छ ।’

    स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका सार्वजनिक गरेको संक्रमितहरुको विवरणमा भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिलासहित नौं जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य संक्रमितहरु बारा जिल्लाका ६ जना, सप्तरी र मकवानपुरका एक–एक जना छन् ।

    उनको घरमा श्रीमान र छोराछोरी छन् । उनी मुटुको बिरामी रहेको खुलेको छ । विगतमा उनको ओपन हार्ट सर्जरी गरिएको थियो । त्यसैले उनले घरमै बस्ने र अस्पताल नजाने इच्छा गरेकी थिइन् । अस्पतालमा जस्तो सावधानी घरमा नहुने भनेर सम्झाएपछि उनी अस्पताल जान तयार भएकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार