काठमाडौं, १० जेठ । बिश्वभर २१ लाख ५० हजारभन्दा बढी मानिस कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट मुक्त भएका छन् , भने मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ४०८ पुगेको छ ।
एकै दिन १ लाख ७ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ । २८ लाख ७ हजार ८८६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४४ हजार ५७४ जनाको अवस्था गम्भीर छ ।शनिबार बिहान साढे ५ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ४१९ जनाको मृत्यु भएको छ । १८ लाख ६८ हजार १६६ जना संक्रमित भएकोमा ८ लाख ४९ हजार ७३ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ११ हजार ६१६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख २४ हजार ३४ पुगेको छ । त्यसमध्ये ४ लाख ९९ हजार २६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा २६ हजार ६७४ जनाको मृत्यु भएको छ । ९ लाख १२ हजार ३६ जना संक्रमित भएकोमा ५ लाख ३१ हजार ९६३ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा २९ हजार ५०१ जनाको मृत्यु भएको छ । ५ लाख ७८ हजार १२५ जना संक्रमित भएकोमा २ लाख १८ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ३ हजार २०४ जनाको ज्यान गएको छ भने १ लाख ५ हजार ८४३ जना संक्रमित छन् । संक्रमितमध्ये ४२ हजार ८६१ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२२ जनाको मृत्यु भएको छ । ८ हजार ७०३ जना संक्रमित भएकोमा ८ हजार ३५ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरसको महामारीले अमेरिकामा ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १६ लाख ४४ हजार ६४० जनामध्ये ३ लाख ९७ हजार २९५ जना संक्रमणमुक्त भएका छन् ।
विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ५२ लाख ९७ हजार ६२६ मध्ये २१ लाख ५० हजार ३३२ जना संक्रमण मुक्त भएका हुन् ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्
यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।