Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोेरोना संक्रमणमा हवाई उडान संचालन तयारीको मन्त्री भट्टराईद्धारा अनुगमन


    शुक्रबार, जेष्ठ ९ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ९ जेठ । जारी लकडाउनको अन्त्यपछि कोभिड–१९ को सम्भावित संक्रमणलाई ध्यान दिदै सुरक्षित हवाइसेबा सुचारु गर्नेबारे भइरहेको तयारीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुक्रबार अनुगमन गरेका छन् । 

    नेपालमा पनि कोभिड १९ को संभावित संक्रमणलाई ध्यानमा राखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले हवाई उडान संचालनका लागि तयारी गरेको छ । विश्व स्वास्थ संगठन (डब्लुएचओ) तथा अन्तर्रास्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ) ले तोकेको मापदण्डभित्र रहेर त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हवाई उडान संचालनको तयारी भैरहेको छ ।

    कोरोना भाइरस संक्रमणपछि हवाई उडान रद्द गरेको भारतले केही दिनदेखि सुचारु गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार