Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कपिलवस्तुमा थप भएका ९ संक्रमितमध्ये २ जना पत्रकार


    शुक्रबार, जेष्ठ ९ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ९ जेठ। कपिलवस्तुमा आज कोरोना भाइरस  संक्रमण पुष्टि भएका ९ जनामध्ये २ जना पत्रकार रहेको खुलेको छ ।

    दुई जनामध्ये एक जना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य हुन् । उनले स्थानीयस्तरबाट एक अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्दै आएका छन् ।

    त्यसैगरी अर्का एकजना वाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् । दुवै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मी उनीहरूको सम्पर्कमा पुगिसकेका पत्रकार महासंघ कपिलवस्तुले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार