Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना भाइरसले ज्यान गुमाएकी आमाको शिशु अस्पतालबाट डिस्चार्ज


    शुक्रबार, जेष्ठ ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ, ९ जेठ । कोरोना भाइरसका कारण मृत्यु भएकी आमाको शिशु अस्पतालबाट डिस्चार्ज भएका छन । कोरोना भाइरसको संक्रमणले आमाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका १६ दिनका शिशु शुक्रबार अस्पतालबाट डिस्चार्ज भएको हो ।

    अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारका अनुसार उनको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।उनको पहिलो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको थियो।

    तर जन्डिस र शरीरमा बिबिरा देखिएपछि शिशुलाई थप उपचारको लागि अस्पतालमै भर्ना गरिएको थियो। अहिले शिशुमा जन्डिस र बिबिरा पनि निको भएको भन्दै डिस्चार्ज गर्न योग्य रहेको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो।

    शिशुलाई थप ७ दिन सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राख्न अस्पतालले सुझाएको छ। साथै क्वारेन्टिनबाट घर जानुअघि पनि आरडिटी परीक्षण गर्न र त्यसमा पोजेटिभ देखिए फेरि पिसिआर गर्ने अस्पतालले जनाएको छ।

    सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरीको जेठ ३ गते कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो।

    त्यसपछि नवजात शिशुसहित परिवारका सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको थियो। परिवारका अन्य सदस्यको पनि कोरोना नेगेटिभ देखिएको छ। उनीहरूलाई पनि आजै डिस्चार्ज गरिएको छ।

    गत वैशाख २४ गते महिलाले काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार