काठमाडौं, ९ जेठ । विश्वब्यापी कोरोना भाइरस संक्रमणका कारण विश्वभरका नेपाली नेपालमा फर्कन चाहिरहेका छन् । रोजगारीमा खाडी मुलुकमा गएका नेपालीहरु ती देशमा कोरोना संक्रमण फैलिएकाले बिचल्लीमा परेका छन् । र, उनीहरु नेपाल फर्किन हारगुहार गरिरहेका छन् । भारतबाट हजारौंको संख्यामा नेपाल फर्किने प्रतिक्षामा छन् । भारतबाट फर्किनेहरुका कारण कोरोना संक्रमण बढिरहेको छ । तर पनि आफ्नो देश फर्किन चाहनेहरुलाई ल्याउनुपर्ने आवाज उठेपछि आज मन्त्रिपरिषदको बैठक बसी विदेशका नेपालीलाई कसरी ल्याउने, तिनीहरुलाई कसरी क्वारेन्टिन गर्ने भन्नेबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या र भारतलगायतका विभिन्न देशबाट फर्किएकाहरुको परक्षिण, व्यवस्थापनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेपालमा कोरोनाबाट तीन जनाको ज्यान गइसकेको र संक्रमितको संख्या बढिरहेको छ ।
केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।
त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने उनले बताएका छन् । भारतले विस्तारै लकडाउन खुकुलो बनाउँदै लगेको छ । राजधानी दिल्लीमा त बजार नै खुल्न थालेका छन् । रेलसेवा सुचारु गरिसकेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend