Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच जिल्लामा सीडीओको सरुवा


    शुक्रबार, जेष्ठ ९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ९ जेठ । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका प्रजिअको सरुवा गरिएको छ । रसुवाको प्रजिअमा हरि पन्त, नवलपरासीमा सागरमणि पाठक, लमजुङमा कृष्णप्रसाद शर्मालाई सरुवा गरिएको छ । कृष्ण गैरेलाई जिल्ला प्रशासन कार्यालय बाजुरा र मोहन जोशीलाई बैतडीको प्रजिअका रुपमा खटाइएको छ ।

    रसुवाका प्रजिअ अर्जुन भण्डारी र नवलपरासीका बासुदेव दाहाललाई गृहमन्त्रालयमा ल्याइएको छ । बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा खटाइएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार