काठमाडौं, जेठ ८ । आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितहरु कपिलवस्तु र बाँकेमा देखिएका हुन् ।
अहिले साँझ संक्रमण पुृष्टी भएकाहरुमा कपिलबस्तुका १९ बर्षीय पुरुष र बाँकेका ३२ बर्षीय पुरुष र ४२ बर्षीया महिला छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिएका छन् ।
उनीहरुको भेरी अस्पताल बाँके र प्रदेश प्रयोगशाला रुपन्देहीमा परीक्षण भएको हो । योसंगै संक्रमितको संख्या ४५७ पुगेको छ ।