Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शंकरापुरका १२ जनामा आरडीटी पोजेटिभः भोलिदेखि नगरपालिका सिल


    बिहिबार, जेष्ठ ८ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ८ जेठ । काठमाडौं उपत्यकाका कोरोना संक्रमण फैलिने क्रम बढेको छ । आजमात्रै शंकरापुर नगरपालिकामा गरिएको आरडीटी परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

    इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपुल्स लाइफकेयर अस्पताल र सुष्मा कोइराला हस्पिटलमा शंकरापुर नगरपालिकाका वडा नम्बर ४ देखि वडा नम्बर ९ सम्मका जनप्रतिनिधि, कर्मचारी र केही स्थानीय बासिन्दा गरी २ सय ९० जनाको आरडीटी परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएकाहरुको स्वाब परीक्षणका लागि पठाइएको नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिएका छन् ।

    आरडीटी परीक्षण गर्दा १२ जनामा पोजेटिभ रिपोर्ट आएपछि शंकरापुर नगरपालिकाले शुक्रबारदेखि नगरपालिका भित्रने तथा बाहिरिने सम्पूर्ण सीमानाकाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि सिल गरेको छ ।

    shankarapur.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार