काठमाडौं, ८ जेठ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको अधिकृत भन्दै ठगी हुने गरेका घटना प्रकाशमा आउने गरेका छन् । आज सशस्त्रको डीएसपी हुँ भनेरजागिर लगाइदिनेदेखि विभिन्न काम गर्ने भनेर ठगी गर्दैआएका तारकेश्वर नगरपालिका काठमाडौंका राजकुमार चापागाई पक्राउ परेका छन् । उनी यसअघि पनि पटक पटक ठगीमा पत्रफेरि पक्राउ परेका थिए । उनले नक्कली डीएसपीका रुपमा धेरैलाई स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिने भनेर रकम लिने गरेको प्रहरीले जनाएको छ ।
आफु सशस्त्र प्रहरीको डिएसपी भएको र स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिने भन्दै चापागाईले पेप्सीकोला बस्ने सम्झना केसी भट्टराईलाई उनले १ लाख २० हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।