Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोरोनाका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु


    बिहिबार, जेष्ठ ८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, ८ जेठ । कोरोना भाइरसका कारण नेपालमा तेस्रो व्यक्तिको पनि मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उनको मृत्यु बिहीबार विहान भएको बताए ।

    निमाविका प्रधानाध्यापक उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो ।

    कोरोना शंकास्पद देखिएपछि जेठ २ गते उनको स्वाब निकालेर पीसीआर टेस्टका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । सोमबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

    यसअघि कोरोना संक्रमणका कारण नेपालमा सिन्धुपाल्चोककी २९ वर्षकी सुत्केरी महिला र बाँके नरैनापुरका २५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार