काठमाडौं, ८ जेठ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको छ । यसैक्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ । टोखा नगरपालिकामा आरडीटी परीक्षणका क्रममा १३ जनामा पोजेटिभ देखिएको हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले गरेको आरडीटी परीक्षण गरेको थियो । नगर प्रमुख प्रकाश अधिकारीले टोखाका ७ सय ९३ जनामा गरेको आरडिटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए ।