Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोरोना महामारीमा पशुपति कोषका पदाधिकारीको घुसमोहः गौशाला खाली गराउने, ब्यापारी पोस्ने


    बिहिबार, जेष्ठ ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं, ८ जेठ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल र कार्यकारी निर्देशक घनश्याम खतिवडाहरुको ज्यादतीले सीमा नाघेको छ । अन्यत्र मठमन्दिरमा गौपालन गर्नेलाई सम्मान गरिन्छ, तर हिन्दुहरुका आराध्यदेव पशुपति क्षेत्रमा अब्यवस्थित छाडा गाई र साँढेलाई ब्यवस्थापन गरी पाल्दैआएका रामप्रसाद न्यौपानेलाई भने ढकाल र खतिवडाले जबर्जस्ती लखेट्न लागेका छन्, त्यो पनि यो कोरोना महामारीको बेला ।

    ढकाल र खतिवडाले यो लकडाउनको समयमा पशुपति क्षेत्र विकास कोषभित्र सञ्चालित नन्दी गौशालालाई एक महिनाभित्र जग्गा खाली गरिदिन पत्र पठाएका छन् ।

    नन्दी गौशाला पशुपति क्षेत्र विकास कोषभित्रको १६ रोपनी क्षेत्रफलमा सञ्चालित छ । जहाँ पशुपति मन्दिरमा चढाइएका बाच्छाबाच्छीहरु पालिँदै आएको छ । हरेक पूर्णिमामा एउटा बाच्छा मन्दिरमा चढाइने परम्परा छ । बर्षमा यसरी १३ बटा स साना बाच्छा पशुपति मन्दिरमा चढाइन्छ । ती साँढे छाडा बनेर पशुपति परिसरभित्रै गोव्र्याउने, मन्दिरमा आएका भक्तजनहरुलाई हान्ने र लखट्ने क्रम विगतमा थियो ।

    pradiip dhakal.jpg

    प्रदीप ढकाल, घनश्याम खतिवडा र उत्तम पुडासैनी

    यसरी विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रमा नै गाईगोरुका गोबरका कारण दूर्गन्धित हुने र त्यहाँ हिड्नेहरुलाई साढेले दुख दिन थालेसँगै पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव गोविन्द टण्डनले मठमन्दिर गाई बाच्छा बचाउ अभियानका रामप्रसाद न्यौपानेलाई पशुपति क्षेत्र वनकालीमा १५ रोपनी जग्गा दिएर बेवारिसे ढंगबाट छाडिएका बाच्छा बाच्छा पाल्न अनुमति दिएका थिए ।

    यो ५ बर्षको अवधिमा रामप्रसाद न्यौपानेले त्यहाँ सयभन्दा बढी बेवारिसे गाईबस्तु पाल्दै आएका छन् । उनीद्धारा नन्दी गौशाला कुनै व्यवसायिक गाईफार्म भन्दा कम छैन । उनले पशुपति क्षेत्रबाट पाएको भनेको त्यही १५ रोपनी जग्गामात्र हो । बाँकी तिनको रेखदेख स्याहार सुसार आफ्नै खर्चमा गर्दै आएका छन् रामप्रसाद । यसका अलावा उनले ३० भन्दा बढी असहाय र टुहुराहरुलाई आफैले पालेर शिक्षादिक्षा समेत दिँदै आएका छन् ।

    तर उनको यो पवित्र कर्म पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकाल र घनश्याम ढकालहरुलाई पचेन । र, यो लकडाउन र कोरोनाको कहरकै समयमा यसरी पत्र थमाएर महिना दिनभित्र जग्गा खाली नगरे कारवाही गर्ने धम्की दिएका छन् ।

    उनीहरुले त्यहाँ सञ्चालित नन्दी गौशालालाई त्यहाँबाट उठाएर व्यापारिक प्रायोजनका लागि सो ठाउँ प्रयोग गर्ने तयारी गरिरहेका छन् । गौशालाबाट घुस नआउने भएपछि उनीहरु ब्यापारीक उद्देश्यमा उक्त जग्गा प्रयोग गर्ने चलखेलमा लागेका छन् । सदस्य सचिव ढकाल शेरबहादुर देउवा सरकारका पर्यटन मन्त्री जितेन्द्र देवलाई थैली बुझाएर आएका हुन् । खतिवडा दोलखाका विवादित पात्र बालकृष्ण शिवाकोटीमार्फत् नियुक्त भएका हुन् । उनी २०७० पनि कांग्रेसबाट एमाले भएका नवकामरेडका रुपमा चिनिन्छन् । नेकपामा लामो योगदान भएकाहरुलाई मौका नदिई नवकम्युनिष्ट खतिवडालाई नियुक्त गर्ने काम पर्यटन मन्त्री योगेश भट्टराईले गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार