Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौंमा कोरोनाको जोखिम बढ्यो, संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र शिल


    बिहिबार, जेष्ठ ८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ८ बैशाख । बुधबारमात्रै काठमाडौंको महानगरीय प्रहरी बृत्त कालिमाटीका एक सई र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भयो । गोकर्णेश्वर नगरपालिकामा एक जनामा देखिइसकेको छ ।

    टेकुको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक चिकित्सकमा पनि संक्रमण देखियो । चेत ३० गते सर्लाहीको रामनगरबाट काठमाडौं आएकी कपनकी एक १८ बर्षीया किशोरीमा पनि संक्रमण देखिएको छ । काठमाडौंको बागबजारमा छापाखानामा काम गर्ने पुरुषमा समेत संक्रमण देखिएको छ । यसरी काठमाडौंमा डढेलो सरी कोरोना फैलिन थालेको छ ।

    बुधबारमात्रै मैतीदेवीमा एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रलाई सिल गरिएको छ । कमलपोखरी प्रहरी वृत्तले अहिले उक्त क्षेत्र सिल गरेको छ । मैतीदेवीमा संक्रमित युवा रामेछापका भएको खुलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार