Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शाही सरकारका बेला गाली, ओलीको पालामा ताली


    बिहिबार, जेष्ठ ८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं, ८ जेठ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित समेटेर नक्सा सार्वजनिक गरेपछि अभिनेत्री मनिषा कोइरालालाई सामाजिक संजालमा मुक्तकण्ठले प्रशंसा गर्नेहरुको ठूलो जमात देखिएको छ ।

    सारा नेपालीले उनलाई धन्यवाद दिएका छन् । परराष्ट्रीमन्त्री प्रदीप ज्ञवालीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा प्रकाशित गर्ने निर्णयउपर लेखेको ट्वीटर मेन्सन गर्दै कोइरालाले सोमबार लेखेकी थिइन्–‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनुभएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।’ उनको ट्वीटलाई हजारौं नेपालीले रिट्वीट गरिसकेका छन् । यद्यपि भारतीय मिडियाले भने नायिका कोइरालाको चर्को बिरोध गरेका छन् । 

    यी तिनै मनिषा कोइराला हुन्, जसले २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्तामा हातमा लिंदा उनको कदमको समर्थनमा अभिब्यक्ति दिएकी थिइन् । त्यतिबेला उनीबिरुद्ध गालीको बर्षा नै भएको थियो । त्यो समयमा अहिलेजस्तो सामाजिक संजाल थिएनन् । तर पनि मिडियामा उनको चर्को बिरोध भएको थियो । त्यो समयमा उनले आफ्ना पिता प्रकाश कोइरालाले पनि ज्ञानेन्द्र शाहको समर्थन गरेका थिए ।

    प्रजातन्त्रका लागि जीवनपर्यन्त संघर्ष गरेका स्व. वीपी कोइरालाकी नातिनीले निरंकुश शासनको समर्थन गरेकोमा उनको बिरोध भएको थियो । तर अहिले केपी ओली सरकारले राष्ट्रियताको पक्षमा देखाएको अडानको समर्थन गर्दा उनले ताली नै ताली पाएकी छन् । सामाजिक संजालमा उनको पक्षमा अपार समर्थन देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार