Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकतर्फी रुपमा नेपालले जारी गरेको नयाँ नक्सा मान्य छैन : भारत


    बिहिबार, जेष्ठ ८ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाण्डौ ,८ जेठ। नेपालले जारी गरेको नयाँ नक्सा नमान्ने भारतले जनाएको छ । भारतीय विदेश मन्त्रालयले एक बिज्ञप्ती नै निकालेर एकतर्फी रुपमा हालै नेपालले जारी गरेको नयाँ नक्सा मान्य नहुने बताएको हो।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नयाँ नक्सामा भारतीय क्षेत्रको केही भाग रहेको आरोप लगाएका छन् । अनुरागले भनेका छन्, ’यो एकतर्फी काम तथ्यमा आधारित छैन । यो द्विपक्षीय सम्झौता विपरीत छ । 

    साथै उनले नेपाल सरकारले भारतको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने आग्रह गरेका छन् । ’हामीलाई आशा छ नेपाली नेतृत्वले सीमा मुद्दाको बारेमा राजनीतिक वार्ताको लागि सकारात्मक वातावरण बनाउनेछ’, श्रीवास्तवले भने ।

    नेपालले बुधवार लिम्पियाधुरा कालापानी र लिपुलेक भूमिसहितको नयाँ नक्सा सार्वजनिक गरेको हो ।

    release_ueIswc1j9F.png

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार