काठमाडौं,७ जेठ । रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमाकुल संख्या ४२०संक्रमितको पुगेको छ।
भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएकोछ । यस्तै एक जना रुपन्देहीका युवकमा कोरोना पोजेटिभ देखिएको छ । संक्रमित सबैजना क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन् ।