Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • ४७ जनामा कोरोना संक्रमण देखिएपछि बाँकेको नरैनापुर सिल


    बुधबार, जेष्ठ ७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    बाँके, ७ जेठ । एकै दिन ४७ जनामा कोरोना संक्रमण देखिएपछि बाँकेको नरैनापुर गाउँपालिकालाई सिल गरिएको छ । स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्णरूपमा सिल गरेको जनाएको छ ।

    जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्णरूपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन् ।

    सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारी भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा ६ वटा वडा छन् । यसको उत्तरपूर्वमा राप्तीसोनारी गाउँपालिका जोडिएको छ । सङ्क्रमण न्यूनीकरणका लागि गाउँपालिकामा अत्यावश्वक कामबाहेक पूर्णरुपमा आवतजावत ठप्प हुने गरी बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार नरैनापुरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार