Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • काठमाडौंका दुई प्रहरीमा कोरोना पोजेटिभ


    बुधबार, जेष्ठ ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं, ७ जेठ । नागरिकको सुरक्षामा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमण एकपछि अर्को देखिन थालेको छ । बारामा एक प्रहरीमा पीसीआर परीक्षणमा पोजेटिभ देखिएपछि इन्स्पेक्टरसहित २५ प्रहरी क्वारेन्टाइनमा राखिएको छ । यता काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    कालिमाटी बृत्तका १ सई र जवानमा पोजेटिभ देखिएको हो । पीसीआर परीक्षण गर्दा महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रहरीमा कोरोना पोजेटिभ देखिएको कुरा आएको हो । २ प्रहरीमा पोजेटिभ देखिएपछि कालिमाटी बृत्तका सबैको पीसीआर परीक्षण गर्न लागिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार