काठमाडौं, ७ जेठ । सरकारले स्वेच्छिकरुपमा कोरोना भाइरस कोभिड -१९ परीक्षण गर्न सक्ने व्यवस्था गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार तोकिएका सार्वजनिक स्वास्थ्य संस्था मार्फत शूल्क तिरेर परीक्षण गराउन सकिने छ।
मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र गोपनियता राख्ने शर्तमा ति सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षण गर्न दिने भएकोछ ।लक्षण नभएका स्वदेशी तथा विदेशी व्यक्तिले शुल्क तिरेर ति संस्थाबाट कोभिड–१९ परीक्षण गराउने पाउने छन् ।