काठमाडौँ, ७ जेठ । राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसका संक्रमित र संक्रमणबाट र मृत्यु भएकाहरूको दुवै ठेगाना सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
स्वास्थ्य जनसंख्या मन्त्रालयले सङ्क्रमित वा मृत्यु भएकाको स्थायी ठेगाना मात्रै सार्वजनिक गर्दा अरू विवरण गोप्य रहेको र त्यसले सङ्क्रमणको जोखिम बढाएको भन्दै आयोगले अस्थायी र स्थायी दुवै ठेगाना प्रकाशित गर्न निर्देशन दिएको हो ।
कोरोना भाइरसबाट संक्रमित र मृतकका ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै आयोगले उनीहरूको स्थायी ठेगानाका साथै अस्थायी बसोबास गरिरहेको ठेगाना उल्लेख गर्न निर्देशन दिएको हो । संक्रमित र मृत्यु भएकाहरुको स्थायी ठेगाना र अस्थायी बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको ठाउँ फरक हुन सक्छ’, निर्देशनमा भनिएको छ, एउटा मात्रै स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्योल भएको पाइएको छ । त्यसरी यसरी प्रवाह भइरहेको सूचनामा थप स्पष्ट गराउन आवश्यक छ ।
