Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरका पहिलो कोरोना संक्रमित स्वास्थ्य विभागका चिकित्सक


    मंगलबार, जेष्ठ ६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ६ जेठ ।कोरोना भाइरस संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा संक्रमण देखिएको छ । ललितपुरमा देखिएका कोरोना संक्रमित स्वास्थ्य विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा कार्यरत जनस्वास्थ्य चिकित्सक रहेको स्रोतले जनाएको छ ।

    आज उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ५ जना कोरोना पोजिटिभ देखिएको थियो। जसमध्ये ललितपुरका भनिएको संक्रमित स्वास्थ्य सेवा विभाग अन्तर्गत करारका चिकित्सक रहेको स्रोतले जनाएको छ ।

    ती डाक्टर कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । यसअघि नेपालमा नर्समा कोरोना भाइरसको संक्रमण देखिएपनि डाक्टरमा भने देखिएको थिएन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार