Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • नक्कली मदिरासहित न्यू.डि.एन ट्रेडर्सका सन्चालक पक्राउ


    मंगलबार, जेष्ठ ६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ,६ जेठ। विराटनगर महानगरपालिका-६ बस्ने श्रवण मुखियालाई ५ सय ३० बोतल नक्कली मदिरा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    सोही महानगरपालिका-११ स्थित बसपार्कमा कोठा भाडा लिएर मुखियाले संचालन गर्दै आएको न्यू.डि.एन ट्रेडर्सको पसलभित्र विभिन्न ब्राण्डको बोतलमा नक्कली लेवल टाँस गरी नक्कली मदिरा बनाउने गरेको अवस्थामा उक्त नक्कली मदिरा बरामद गरी उनलाई पक्राउ गरेको हो ।
    बरामद मदिरा सहित मुखियालाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार