Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंका बृत्त र मालदार इप्रकामा डीएसपी सरुवाको तयारी


    मंगलबार, जेष्ठ ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, ६ जेठ । नेपाल प्रहरीले काठमाडौंका केही महानगरीय बृत्त र इलाका प्रहरी कार्यालयमा एक बर्ष पुगेका डीएसपीहरु फेरबदलको तयारी गरेको छ । महानगरीय बृत्तहरु महाराजगंज, कालिमाटी, गौशाला, बानेश्वर बृत्तका प्रमुखको ११ महिना पुगिसकेकाले प्रहरी प्रधान कार्यालयले नयाँ इन्चार्ज परिवर्तनको गृहकार्य थालेको छ ।
    त्यसैगरी इलाका प्रहरी कार्यालय बुटवल, रत्ननगर टाँडी, सिमरा लगायतमा पनि फेरबदल गर्ने तयारी भएको छ ।

    प्रहरी प्रधान कार्यालयले दुई तीनदिनभित्रैमा यी बृत्तहरुको इन्चार्ज परिवर्तन गर्न लागेको प्रहरी स्रोत बताउँछ । इन्स्पेक्टरबाट डीएसपी बढुवा भएका ६० जनाले फुली नलाउँदै बृत्त र इलाका प्रहरी कार्यालयको सरुवा निकाल्न लागिएको छ । नयाँ बढुवा भएकाहरुले बृत्त र इप्रकामा पदस्थापन गराउन दबाब दिने भएपछि फुली लाउनुअघि नै सरुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । महाराजगंजका उमेश लम्साल, कालिमाटीका रुगम कुँवर, गौशालाका प्रदीप सिंहको ११ महिना पुगेको छ ।

    उपत्यकाका बृत्त र इलाका प्रहरी कार्यालयमा इन्चार्ज हुनका लागि शक्तिकेन्द्रबाट आइजीपी ठाकुर ज्ञवालीमाथि चर्को दबाब परेको छ । तीन पटक भ्यालीको इन्चार्ज भइसकेका र पछिल्लो पटक दरबारमार्गमा हुँदा बलात्कार केसमा मुद्दा नचलाई ३० लाख घु्स लिएर मिलाउन खोजेको आरोपमा तानिएका डीएसपी तिलक भारती पुनः चौथो पटक महारागंज बृत्तमा जानका लागि नेकपाका नेताहरुमार्फत् दबाब दिइरहेका छन् ।

    त्यसैगरी साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या आरोप लागे पनि अदालतले सफाइ दिएका डीएसपी प्रजित केसी गौशाला बृत्तमा सरुवा हुनका लागि लागेका छन् । सोह्रखुट्टेमा सरुवा हुन नपाएका रोशन खड्का कालिमाटीमा सरुवा हुने दाउमा छन् । पटक पटक इन्चार्ज भएका गोविन्द काफ्ले पनि बृत्तको इन्चार्जका लागि शक्तिकेन्द्र धाउनेमा पर्दछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार