काठमाडौं । विभिन्न रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूको उद्धार भने जस्तो सजिलो नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले यो अमेरिका वा कतारले नेपालमा रहेका आफ्ना १०० नागरिक फिर्ता लगेजस्तो नभएको बताए ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कतारले १०० जना लैजानु र हामीले कतारबाट पौने चार लाख ल्याउनु एउटै होइन ।’
आफू र परराष्ट्रमन्त्रीले कतार, यूएई, कुवेत, इजरायल, बहराइनलगायतका सरकार प्रमुखलगायतसँग कुराकानी गरेको र नेपाली नागरिकलाई आफ्नो नागरिक सरह व्यवहार गर्ने वचन दिएको उनले सुनाए । साथै समस्यामा परेका नेपाली नागरिकहरूलाई कसरी ल्याउने भन्ने हिसावकिताब भइरहेको बताए ।
विदेशमा रहेका नेपालीहरूलाई ल्याउनुपर्छ भन्न मात्र सजिलो तर तयारी गर्न गाह्रो भएको उनले सुनाए । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘ह्वारह्वारी ल्याउने, कोरोना मात्र फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा छैनौं ।’
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend