काठमाडौं, ६ जेठ । सोमबार लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरिसकेपछि आज ंसंसदमा पुगेका प्रधानमन्त्रीले सस्कृतको पंक्ति उच्चारण गरेर भारतले नेपालको जमिन मिचेको प्रसंग ल्याएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सत्यमेव जयते भने पनि ब्यवहारमा सिंहमेव जयतेको जस्तो ब्यवहार देखाएको सम्बोधनका क्रममा संकेत गरेका छन् । प्रतिनिधिसभाको वैठकमा आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले भारतलाई सिंहमेव जयते कि सत्यमेव जयते भनेर प्रश्न गरेका हुन् ।
अशोकाले स्थापना गरेको चारतिर फर्केको सिंह भारतको राष्ट्रिय प्रतीक चिह्न हो । जसमा सत्यमेव जयते लेखिएको छ । भारत सत्यमेव जयतेको मन्त्र जपेर छिमेकीको जमिन मिच्ने काममा तल्लीन रहेको उसले लिम्पियाधुरा लिपुलेक र कालापानी कब्जा गरेर देखाएको छ । प्रधानमन्त्री ओलीले लिम्पियाधुरामा भारतले मिचेको जमिन फिर्ता लिएरै छाड्ने बताएका छन ।
उनले भारतले आाफुनो देशको प्रतीत चिन्ह मुनि ‘सत्मेव जयते’ लेखे पनि त्यसको पालना र विश्वास चाहिंँ आफूले गर्दैआएको प्रष्ट पारेका छन् । उनले भने, ‘म भारतलाई सोध्नेछु – सिंहमेव जयते कि सत्यमेव जयते ?’