Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नयाँ नक्सासहित संविधान संशोधन भएको दिन देशमा दिपावली हुन्छ : प्रधानमन्त्री


    मंगलबार, जेष्ठ ६ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सीमा मिचेको लिम्पियाधुरा, कालापानीलगायतका सबै भूमि कुटनीति रुपमा फिर्ता लिएरै छाड्ने बताएका छन् ।

    प्रतिनिधिसभाको वैठकमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री ओलीले भने, ‘१९६२ मा भारतीय सेना कालापानीमा बसेपछि, त्यस बेलाका शासकहरुले सहे ।’ उनले थपे ‘अब यो ओझेल पर्ने छैन, सेलाउन दिइने छैन । निष्कर्ष निकालिने छ । अतिक्रमण गरिएको जमिन फिर्ता लिइने छ ।’

    उनले लिम्पियाधुरा नेपालको भूभाग हो भएको र २०१८ सालसम्म तिरो उठाउने गरिएको बताउँदै भने, ‘कालापानीमा भारतीय सेना बसेपछि मात्रै लिम्पियाधुरा जान नसकिएको हो ।’उनले भने, ‘नयाँ नक्सा पारित भएको छ । अब कुटनैतिक माध्यमबाट नेपालको भूमि फिर्ता लिइन्छ ।’ उनले नेपालको नयाँ नक्सा पारित गरेर कुनै तमासा नगरिएको र मिचिएको भूमि फिर्ता ल्याउनुलाई गरिएको हो बताउँदै आजभोलि नै नयाँ नक्सा सार्वजनिक हुने समेत दावी गरे ।

    उनले भने, ‘विधानको अनुसूची तीन संशोधन गरिने छ । त्यहाँ नेपालको नयाँ नक्सा राखिने छ ।’ त्यसकालागि नेपालको नयाँ नक्सासम्बन्धी संविधानको अनुसूचि संशोधन प्रस्ताव पेश हुने प्रधानमन्त्री ओलीले बताएका छन् ।उनले नयाँ नक्सासहितको संविधान संशोधन भएको दिन देशमा दिपावली हुने समेत बताए । उनले विगतका शासकहरुले भारतले हडपेको जमिनका बारेमा मौनता साँधेको भए पनि वर्तमान सरकारले सही कदम उठाएको बताएका छन् ।

    प्रधानमन्त्री ओलीले भने, ‘कोही रिसाउँछ भनेर होइन र हामीले अर्घेल्याई गरेका छैनौ । कुटनीतिक माध्यमबाट ठोस पहल गरिने छ । यही अठोटका साथ हामीले नीति कार्यक्रममा उल्लेख गरेका थियौं सम्बोधनमा आएको थियो । हामीले त्यो पुरा गर्‍यौ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार