काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सीमा मिचेको लिम्पियाधुरा, कालापानीलगायतका सबै भूमि कुटनीति रुपमा फिर्ता लिएरै छाड्ने बताएका छन् ।
प्रतिनिधिसभाको वैठकमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री ओलीले भने, ‘१९६२ मा भारतीय सेना कालापानीमा बसेपछि, त्यस बेलाका शासकहरुले सहे ।’ उनले थपे ‘अब यो ओझेल पर्ने छैन, सेलाउन दिइने छैन । निष्कर्ष निकालिने छ । अतिक्रमण गरिएको जमिन फिर्ता लिइने छ ।’
उनले लिम्पियाधुरा नेपालको भूभाग हो भएको र २०१८ सालसम्म तिरो उठाउने गरिएको बताउँदै भने, ‘कालापानीमा भारतीय सेना बसेपछि मात्रै लिम्पियाधुरा जान नसकिएको हो ।’उनले भने, ‘नयाँ नक्सा पारित भएको छ । अब कुटनैतिक माध्यमबाट नेपालको भूमि फिर्ता लिइन्छ ।’ उनले नेपालको नयाँ नक्सा पारित गरेर कुनै तमासा नगरिएको र मिचिएको भूमि फिर्ता ल्याउनुलाई गरिएको हो बताउँदै आजभोलि नै नयाँ नक्सा सार्वजनिक हुने समेत दावी गरे ।
उनले भने, ‘विधानको अनुसूची तीन संशोधन गरिने छ । त्यहाँ नेपालको नयाँ नक्सा राखिने छ ।’ त्यसकालागि नेपालको नयाँ नक्सासम्बन्धी संविधानको अनुसूचि संशोधन प्रस्ताव पेश हुने प्रधानमन्त्री ओलीले बताएका छन् ।उनले नयाँ नक्सासहितको संविधान संशोधन भएको दिन देशमा दिपावली हुने समेत बताए । उनले विगतका शासकहरुले भारतले हडपेको जमिनका बारेमा मौनता साँधेको भए पनि वर्तमान सरकारले सही कदम उठाएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘कोही रिसाउँछ भनेर होइन र हामीले अर्घेल्याई गरेका छैनौ । कुटनीतिक माध्यमबाट ठोस पहल गरिने छ । यही अठोटका साथ हामीले नीति कार्यक्रममा उल्लेख गरेका थियौं सम्बोधनमा आएको थियो । हामीले त्यो पुरा गर्यौ ।’
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend