काठमाडौं, ६ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले सोमबार बिहान मात्र ती सहसचिवहरुको सरुवा गरेको हो । सरुवा हुने सहसचिवहरुमा भूमिब्यवस्था विभागका महानिर्देशक दीपक काफ्लेलाई बागमती प्रदेशको सामाजिक विकासम मन्त्रालयको सचिवमा खटाइएको छ ।
बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूमिराज शर्मालाई अर्थमन्त्रालयमा ल्याइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश नम्बर ५ का सचिव शङ्करप्रसाद खरेललाई सुदूर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा पठाइएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव पद सहसचिव गोकर्णमणि दुवाडी सचिव बढुवा भएकाले रिक्त थियो ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव शेषनारायण पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याइएको छ । सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेशका डा. हरिप्रसाद लम्साललाई मुख्यमन्त्री कार्यालय हेटौडामा लगिएको छ ।