Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीले आज नीति तथा कार्यक्रमको जवाफ दिने


    मंगलबार, जेष्ठ ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको आज संसदमा जवाफ दिने कार्यक्रम छ ।

    आज दिउँसो १२ बजे सुरु हुने संसदको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिनेछन् । आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिनसम्म संसदमा छलफल भइसकेको छ ।

    बिभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्ताव समेत परेका छन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ ।

    त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ । सांसदहरुले सरकारको नीति तथा कार्यक्रमले तत्कालका समस्या सम्वोधन गर्न नसकेको, बजेट छरिएर आएको र भोलिको सपना देखाएर आजका समस्याबाट तर्किएकोलगायतका आरोप लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार