Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप १८ जनामा सङ्क्रमण पुष्टि ,सङ्क्रमित संख्या ३७५


    मंगलबार, जेष्ठ ६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, ६जेठ । थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या ३७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     जनस्वास्थ्य प्रयोगशाला, टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठान, धरान, भेरी अस्पताल नेपालगञ्ज तथा कोसी अस्पताल, विराटनगरमा गरिएको परीक्षणको पछिल्लो नतिजाअनुसार थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । थप सङ्क्रमितहरूमा धनुषानिवासी दुइ पुरूष, खोटाङ हलेसीनिवासी एक पुरुष, बाँके नरैनापुरका १२ जना पुरुष, दैलेख आठबीसका एक पुरुष, सुनसरीका एक पुरुष र झापाका एक पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

    सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

    375 swasthe.jpg375 swasthe.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार