Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषदद्धारा लिम्पियाधुरा समेटिएको नेपाली नक्सा पारित


    सोमबार, जेष्ठ ५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं, ५ जेठ । सरकारले नीति तथा कार्यक्रममा प्रतिबद्धता जनाएअनुसार नै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको बताइएको छ ।

    भारतले गएको मंसिरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा देखाएको थियो । त्यसपछि केही दिनअघि लिपुलेकमा भारतका रक्षामन्त्री राजनाथ सिंहले सडक नै उद्घाटन गरेका थिए । लिपुलेकमा भारतले मानसरोबर जाने सडक निर्माण गरी उद्घाटन गरेपछि त्यसको नेपालमा चर्को बिरोध हुँदैआएको छ ।

    भारतले नक्सा जारी गरेदेखि बिरोध गर्दैआएका नेपाली सडक निर्माण गरेपछि आक्रोसित छन् । भारतको हेपाहा नीति बिरुद्ध जनता आक्रोसित भएपछि सरकारले नीति तथा कार्यक्रममै लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने भनेको थियो । र, सोही अनुरुप आज नक्सा पारित गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार