Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लकडाउनमा निजी विद्यालयको गैरकानुनी हर्कतः अनलाइन क्लासका नाममा शुल्क बुझाउन उर्दी


    सोमबार, जेष्ठ ५ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं, ५ जेठ । लकडाउनमा अनलाइनमार्फत् अध्ययन गराएको भन्दै निजी विद्यालयहरुले अभिभावकहरुसँग शुल्क असुल्न थालेका छन् । अनलाइनमार्फत् पढाएकाले शुल्क बुझाउन काठमाडौं उपत्यकाका स्कुलहरुले शुल्क बुझाउन म्यासेज पठाउन थालेका छन् ।

    कोरोना भाइरसको महामारी फैलिएर मानवजातिमाथि नै धावा बोल्दा पनि केही निजी विद्यालयलाई शुल्क असुल्नै हतारो छ । निजी विद्यालयका संचालकको ब्यक्तिगत बैंकखातामा शुल्क जम्मा गर्नुपर्ने उल्लेख गरिएको म्यासेज पठाउने गरेका छन् ।
    काव्य स्कुल बानेश्वरले अभिभावकका नाममा शुल्क बुझाउन म्यासेज पठाएको छ । म्यासेजमा काब्य स्कुलका संचालक प्रेमराज अर्याल, दिलीप थापा र सुलिनकुमार घर्तीको नाममा रहेको इन्भेष्टमेन्ट बैंकको खाता नम्बरमा शुल्क बुझाउन भनिएको छ । काब्य स्कुल एक प्रतिनिधि उदाहरण हो, काठमाडौंका अरु स्कुलहरुले पनि लकडाउनमा शुल्क बुझाउन बिल र सन्देश पठाउने गरेका छन् ।

    काठमाडौं महानगरपालिका शिक्षा शाखाका प्रमुख सीताराम कोइरालाले अनलाइनमार्फत् पढाएको भनेर शुल्क लिनु सरासर कानुन बिपरीत भएको बताए । उनले भने–‘शिक्षा मन्त्रालयले प्रष्ट रुपमा अनलाइन अध्ययन अध्यापनका नाममा शुल्क नलिन निर्देशन दिइसकेको छ । कानुन बिपरीत शुल्क लिने एक विद्यालयलाई कारबाही गरिसकेका छौं । काब्य स्कुलले पनि कानुन विपरीत शुल्क लिएको पुष्टी भएमा कारबाही गर्नेछौं ।’

    ‘विद्यालय नै नगई घरमा बसिरहेका बालबालिकालाई अनलाइनमार्फत् पढाएको भन्दै शुल्क असुली गर्न पाइँदैन, यो कानुन विपरीतको काम हो’ अनेरास्ववियूका नेता समिक बडालले भने–‘तत्काल कारबाहीको निम्ति सम्बन्धित निकायलाई अनुरोध गर्दछु । तुरुन्त यस्तो हर्कत नरोके प्रतिरोध गर्नेछौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार